गोरखा : गोरखामा मिनिट्रक दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
गोरखाको आरुघाटबाट माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नं मिनिट्रक शुक्रबार मध्यान्ह १२ बजेतिर बुढीगण्डकीमा खस्दा दुई जनाको मृत्यु भएको गोरखाका डीएसएपी प्रकाश दाहालले जानकारी दिए। मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसार मिनिट्रकमा ६ जना सवार थिए। घाइतेमध्ये एक गम्भीर घाइते भएकाले उपचारका लागि रिफर गरिएको छ। मिनिट्रक सडकबाट १०० मिटर तल खसेको प्रहरी जनाएको छ ।









































