उत्तर कोरियाका शासक किम जोङ उन अचम्मका नियम र ती लागू गराउनका लागि परिचित छन् । किम जोङ उनले केही दिन अघि ११ दिनका लागि मानिसलाई हाँस्न, रुन, सपिङ गर्न र रक्सी पिउन प्रतिबन्ध लगाएका थिए । उनका पिता किम जोङ इलको १० औं पुण्य तिथिका कारण यस्तो प्रतिबन्ध लगाएका थिए ।
हालै उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो पार्टी कार्यक्रममा देखिए । यसमा उनी निकै पातलो देखिए र उनको तौल निकै घटेको स्पष्ट देख्न सकिन्छ ।
उत्तर कोरियाको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले यो फोटो २८ डिसेम्बर, २०२१ मा जारी गरिएको हो । जसमा किम जोङ उन रुलिङ वर्कर्स पार्टीको सेन्ट्रल कमिटी मिटिङका बेला निकै पातलो देखिएका छन्
यो फोटोमा उनी दुब्लो त देखिएका छन् नै उनको अनुहार पनि फेरिएको छ
उत्तर कोरियाका सरकारी अधिकारीका अनुसार किम जोङ उन देशमा खानाको कमीका कारण कम खाइरहेका छन् । किमले स्थिति सामान्य नभएसम्म नागरिकलाई कम खान अपिलसमेत गरेका थिए ।
अधिकारीका अनुसार किम पूर्ण रुपमा स्वस्थ छन् । उनी धेरै समयसम्म सार्वजनिक नभएपछि उनीबारे विभिन्न अड्कलबाजी गरिएका थिए । तर जब उनी पार्टी छलफलमा देखिन थाले तब सबै दाबी गलत साबित भएका थिए







































