Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:१० बिहान
- ADVERTISEMENT -

कांग्रेसका नेता गगन थापालाई इलामेली कांग्रेसले झलनाथ खनालको घर नजिकै भव्य स्वागत

प्रकाशित मिति: २०७५ फागुन ८, बुधबार

1193
Shares

काठमाडौं, ८ फागुन २०७५ । नेपाली कांग्रेसका नेता गगन थापालाई इलामेली कांग्रेसले झलनाथ खनालको घर नजिकै भव्य स्वागत गरेका छन् । पञ्चायती शासन बिरुद्ध ज्यान आहुती दिएका ७ जना शहीदहरुको सम्झनामा नेपाल तरुण दलले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनको लागि इलाम पुगेका नेता थापालाई इलाम कांग्रेसले भव्य स्वागत गरेको हो ।

खनालको घर नजिकै भएको सो फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता थापाले बर्तमान सरकार अलमलमा परेको आरोप लगाए । इलाम स्थित साँखेजुङमा नेपाल तरुणदल क्षेत्र नं ३ द्वारा आयोजित सातखाल्डे शहीद स्मृती फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दे दुईवटा पार्टी मिलेर बनेको सरकारका दुईथरी बिचार रहेको बताए ।

अहिलेको सरकारको नेतृत्त्वकर्ता दल नेकपाभित्र दुई बिचार भएकाले बाहिर मिलेजस्तो देखिएपनि भित्र उनीहरुबीच मिलन नरहेको उनको आरोप छ । फरक प्रसंगमा उनले सरकारका नेताहरु एकथरी अमेरिकाको बिरोध गर्ने र अर्को अमेरिकालाई फकाउने रणनीतिमा रहेको बताए । उनले अहिलेसम्म नेपाली जनताले पाएको उपलब्धिलाई कसरी जोगाउने भन्ने चुनौती अहिले कांग्रेसको काँधमा आएको भन्दै अब नेपाली जनताले आन्दोलन थेग्न नसक्ने बताए ।

हजारौंको संख्यामा भेला भएका समापन कार्यक्रममा तरुण दल क्षेत्रीय समति क्षेत्र नं ३ का सभापति मोहन गुरुङको समापतित्वमा भएको समापन कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य लगायतले मन्तब्य राखेका थिए । मंगलबार नै नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले राखेको अन्तर्कृया कार्यक्रममा बोल्दै नेता थापाले बर्तमान सरकारले युवाशक्तिलाई नेपालमा नै रोजगारी दिनु पर्ने बताए । उनले दुईतिहाईको सरकारबाट नेपाली जनताले ठूलो आशा राखेको भएपनि सरकारले त्यो पुरा गर्न नसकेको उनको आरोप छ ।

कार्यक्रममा कार्यकर्ताले राखेको जिज्ञासामा नेता थापाले पार्टीले जिल्ला जिल्लामा केन्द्रीय सदस्यको रोहवरमा पार्टीको गाउँ जागरण अभियान थाल्ने बताए । यसले पार्टीको संगठन सुदृढ हुने पनि बताए । कार्यक्रम क्षेत्र नं २ को मंगलबारेमा समेत भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -