काठमाडौँ — तीन दिनमा सुन तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुन मंगलबार ९३ हजार रुपैयाँमा झरेको थियो ।
त्यस्तै बुधबार ५ सय रुपैयाँले घटेर ९२ हजार ५ सयमा कारोबार भएको सुन आज बिहीबार ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य निरन्तर घटे पनि चाँदीको मूल्य उस्तै छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १२५० रहेकोमा तीन दिनपछि बिहीबार १२४५ रुपैयाँ कायम भएको छ ।








































