Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३१:३७ बिहान
- ADVERTISEMENT -

कोरोनाले समस्यामा परेका विद्यार्थीका लागि ‘भरोसा छात्रवृत्ति’ अभियान

प्रकाशित मिति: २०७८ पुस १२, सोमबार

613
Shares

काठमाडौं, सोमबार, १२ पौष २०७८ । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका र खास गरी पढाइबाट वञ्चित हुने अवस्थामा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘भरोसा छात्रवृत्ति’ अभियान शुरु भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत भरोसा छात्रवृत्ति अभियानको औपचारिक घोषणा भएको हो ।

यो अभियानमार्फत सातै प्रदेशका १४ (प्रत्येक प्रदेशका २) जिल्लाका सामुदायिक विद्यालयमा पढ्ने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले पूर्ण छात्रवृत्ति पाउने छन् । निम्न मानव विकास सूचकाङ्क रहेका सातै प्रदेशका जिल्लाहरू भरोसा छात्र वृत्तिका लागि छानिएका छन् ।

ओखलढुङ्गा, उदयपुर, रौतहट, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, बाग्लुंग, गोरखा, रोल्पा, प्युठान, कालिकोट, हुम्ला, बाजुरा र बझाङका विद्यार्थीहरूले भरोसा छात्रवृत्ति पाउन सक्ने छन् । यस वर्ष कम्तीमा ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्य अभियानको रहेको छ ।

आवेदन खुला गरिएपछि विद्यार्थीहरूले नजिकको डिश होमको डिलर अथवा डिस्ट्र्यिुब्युटरमा गएर भरोसा छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् । त्यसपछि उनीहरूको आवेदन छात्रवृत्ति समिति कहाँ पुग्ने छ ।

समितिले महामारीका कारण समस्यामा परेका विद्यार्थीहरूका आधारमा छानेर अन्तर्वार्ता लागि बोलाउने छ र त्यसपछि छात्रवृत्ति उपलब्ध गराउने छ ।

अन्तर्वार्ता सम्बन्धित जिल्लामा गएर लिने या कसरी गर्ने भन्ने कुराको अहिले नै टुङ्गो लागी नसकेको भरोसा छात्रवृत्ति अभियानकी संयोजक सीता थापाले बताउनु भयो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको मासिक विद्यालय शुल्क ५ हजार ननाघ्ने र केहीको हकमा वार्षिक २ लाख ननाघ्ने हुनुपर्ने छ ।

कोभिड-१९ को महामारीले निम्त्याएको सङ्कटले आर्थिक सँगसँगै शैक्षिक क्षेत्रमा समेत ठुलो असर पारेको छ । कतिपय विद्यार्थीहरू महामारीका कारण पढ्न नसक्ने अवस्थामा पुगेका छन् ।

यसै समस्यालाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापा, डिश होमका प्रबन्ध निर्देशक सुदीप आचार्य, फ्याक्ट्स नेपालका संस्थापक एवं सीईओ मनिष झा, वाव म्यागेजिनकी चारु चड्डा र हेल्प नेपालकी कार्यकारी निर्देशक जिम्मी लामाको पहलमा यो अभियान सुरु भएको हो । भरोसा छात्रवृत्ति अभियानकी संयोजक सीता थापा रहेकी छन् ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री थापाले यो अभियानलाई प्रत्येक वर्षअघि बढाउने र यसका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । महामारीका कारण थुप्रै विद्यार्थीहरू समस्याको परेको बताउँदै उनले यस किसिमको अभियानले कसैलाई जीवनभरिका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

महामारीका कारण पढाइबाट वञ्चित हुने अवस्थामा रहेका विद्यार्थीहरूका लागि यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने जिम्मी लामाले बताइन् । यस्तै समस्यामा रहेका विद्यार्थीहरूलाई भरोसा छात्रवृत्तिको आवश्यकता रहेको चारु चड्डाले बताइन् ।

विश्वमा शैक्षिक क्षेत्रमा अर्बौं रुपैयाँको अभाव रहेको र यसलाई भरोसा छात्रवृत्ति जस्ता अभियानले केही हदसम्म भए पनि निर्मूल गर्ने फ्याक्ट्स नेपालका संस्थापक एवं सीईओ मनिष झाले बताए ।

नेपालको सन्दर्भमा समेत आर्थिक अभावकै कारण थुप्रै विद्यार्थीहरू पढाइबाट वञ्चित हुने अवस्थामा रहेका कारण सबैको सहकार्यबाट भरोसा छात्रवृत्ति अभियानलाई अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

शैक्षिक क्षेत्र उकास्नका लागि यस किसिमका अभियानहरूको आवश्यकता रहेको र यसका लागि कर्पोरेट क्षेत्रबाट सक्दो सहयोग हुने नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडका सीईओ रामकृष्ण खतिवडाले बताए ।

महामारीका कारण समस्या परेका विद्यार्थीहरूका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले यो अभियान अघि बढाइएको र यसमा सबैको साथ सहयोग आवश्यक रहेको डिश होमका प्रबन्ध निर्देशक सुदीप आर्चायले बताए । यो अभियान सबैको साझा रहेको बताउँदै उनले जुनसुकै व्यक्ति अथवा सङ्घ संस्थाले सहयोग एवं सहकार्य गर्न सक्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -