Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:०६ बिहान
- ADVERTISEMENT -

जनतालाई दास बनाउने कुरा हामीलाई स्वीकार्य छैन : माधव नेपाल

प्रकाशित मिति: २०७८ पुस ११, आइतबार

466
Shares

काठमाडौँ, पुस ११ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई दास बनाउने कुरा आफूहरुलाई स्वीकार्य नभएको बताउनुभएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

‘जुनसुकै पार्टीमा भए पनि राष्ट्रियताको झन्डा उठाउनुपर्छ । देशको स्वाभिमानमाथि उठाउने सन्दर्भमा हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । राष्ट्रियताको सवालमा बिमति हुनुपर्ने कारण छैन’, अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा हामीलाई स्वीकार्य हुँदैन । कुनै व्यक्ति र वंशको नाताशाही हामीलाई स्वीकार्य हुँदैन ।’

अध्यक्ष नेपालले सम्मान र मर्यादाको रक्षा गरेर अगाडि बढ्दा मात्र देशको प्रगति हुने उल्लेख गर्नुभएको छ । अब पार्टीको ध्यान असमानताको अन्त्य गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘सबैको सम्मान र मर्यादाको रक्षा गरेर अगाडि बढ्दा मात्र देशले प्रगति गर्नसक्छ’, उहाँले भन्नुभयो, ‘नेपाली समाजमा अन्याय विद्यमान छ । हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा केन्द्रित हुनुपर्छ ।’

माओवादीले राष्ट्रिय सम्मेलन नगरेर महाधिवेशन गरोस् भन्ने चाहना रहेको र त्यसै भएको भन्दै अध्यक्ष नेपालले मन मिलेको उल्लेख गर्नुभयो । ‘मन र भावना मिलेपछि बाँकी अरु कुरा मिल्दै जान्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले हामी नयाँ नेपाल निर्माण गर्ने अभियानमा छौँ । त्यसलाई सफल पार्न सबै मिल्नुपर्छ ।’

अध्यक्ष नेपालले अहिले पनि एकतावद्ध भएर जानुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । ‘विभिन्न दलका विभिन्न मान्यता छन् । मुल कुरामा हाम्रो सहमति भए अन्य कुरालाई थाति राख्न सकिन्छ’, अध्यक्ष नेपालले भन्नुभयो ।

राजनीतिक दलले जनताको विश्वास जिते मात्र अगाडि बढ्ने भन्दै उहाँले काम र व्यवहारमा हामी कहाँ चुकेका छौँ भन्नेकुरा ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्र अगाडि बढ्न सक्छ । जनताको विश्वास जित्न कुरा मात्र प्रधान हुँदैन’, उहाँले थप्नुभयो, ‘काम र व्यवहारमा हामी कहाँ चुकेका छौँ त्यसलाई हेर्नुपर्छ ।’ उहाँले आफ्नो काम र व्यवहारमा भएको गल्ती नसच्याए जनताले फेरि नपत्याउने कुरा सबैले स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -