काठमाडौं, ३ पौष २०७८ । ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थाहरूलाई लक्षित गरी छवटा विभिन्न विदेशी मुद्राका खाता सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खातामा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाता रहेका छन् ।
अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरो, अष्टे«लियन डलर, चाइनिज युआन र जापानिज यनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याजदर प्रदान गरिने बैंकले जनाएको छ । उक्त खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।
खाता सञ्चालकलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने पनि बंैकले जनाएको छ । साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने बताइएको छ । अनलाइनबाट पनि खोल्न मिल्ने खातामा सञ्चालकलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नुपरेमा पनि विशेष प्रिमियम प्रदान गरिने बैंकले जनाएको छ ।








































