Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:२८ बिहान
- ADVERTISEMENT -

ओली-प्रचण्डको गृहकार्यपछि आज नेकपाको सचिवालय बैठक

प्रकाशित मिति: २०७५ फागुन ६, सोमबार

871
Shares

काठमाडौं, ६ फागुन २०७५ । पार्टी एकताको काम टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णयका लागि आज सचिवालय बैठक बोलाउनु भएको हो ।

कार्यदलबाट टुंगो लाग्न नसकेपछि नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड आफैले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउन लागिएको हो । सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र प्रचण्डले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गर्नुभएको छ ।

दुवै अध्यक्षले आइतबारसमेत पार्टीका केही नेतालाई बालुवाटार बोलाई अनौपचारिक छलफल गर्नुभएको थियो । पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार एकता गृहकार्यबारे छलफल गर्नुभएको हो ।

दुई अध्यक्षले माघ २६ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल अघि बढाउनु भएको छ ।

सचिवालयका केही सदस्यहरु भने कार्यदलकै बहाना बनाएर एकता पर धकेल्नेरणनीतिमा रहेको बुझेपछि ओली र प्रचण्ड एकताकोबिषयमा केही गम्भीर बनेको स्रोतको भनाई छ । स्थायी समितिले गठन गरेको पछिल्लो कार्यदलले समय थप्ने माग बाहेक कुनै सहमतिजुटाउन नसकी प्रतिवेदन बुझाएको छ । आजकोसचिवालय बैठकमा सोही बिषयमा समेत छलफल हुनेछ ।

नेकपाले केन्द्रीय निकायहरू (केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च), ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ ।

त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन ।

प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको पनि बाँकी रहेको छ । एकता पर धकेलिँदा कार्यकर्तामा उत्साह मर्न थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -