Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:०६ बिहान
- ADVERTISEMENT -

लैङ्गिक हिंसा अन्त्य गर्न प्रयास गर्ने हो भने समाजबाट लैङ्गिक हिंसा अन्त्य

प्रकाशित मिति: २०७८ मंसिर २४, शुक्रबार

441
Shares

काठमाडौं, शुक्रबार, २४ मङ्सिर २०७८ । जिल्ला समन्वय समिति काठमाडौंले लैङ्गिक हिंसा सम्बन्धी सरोकावालाबीच अन्र्तगक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । आज शुक्रबार जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिसस प्रमुख शिवसुन्दर राजवैद्यले महिला हिसा अन्त्य गर्नका लागि घर परिबारबाटै अन्त्य गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । सबैले आ-आफ्नो स्थानबाट लैङ्गिक हिंसा अन्त्य गर्न प्रयास गर्ने हो भने समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिने उहाँले जोड दिनुभयो ।

जिसस उपप्रमुख सरिता दाहालले लैंगिक हिंसा अन्त्यका लागि सबैले एकै पटक प्रयास गर्ने हो भने हिंसा अन्त्य गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारीले लैंगिक हिंसा नियन्त्रणका लागि भएका संवैधानिक, कानुनी एवम् संस्थागत व्यवस्थाहरुको समग्र अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा अधिकारीले सबै प्रकारका लैंगिक हिंसाको अन्त्यका लागि स्थानीय तहहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै संघ, प्रदेश र स्थानीय तहहरुबीच समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लैंगिक हिंसा निवारणमा स्थानीय तहहरुको भूमिका, लैंगिक विषयका समसामयिक सवालहरु लगायत लैंगिक हिंसा अन्त्यका लागि गर्नुपर्ने कामहरुको सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्याल, जिल्ला समन्वय समिति काठमाडौंका सदस्यहरु, काठमाडौं जिल्लामा भएका नगपालिकाका सामाजिक विकास शाखाका प्रमुखहरु लगायत जिससका कर्मचारीहरु र महिला हक अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -