काठमाडौं, रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने ब्यक्ति पक्राउ परेका छ्न । बिहिबार्का दिन जिल्ला काठमाण्डौ का.म.न.पा-८ तिलगंगा स्थित आँखा अस्पताल पछाडिबाट ३३ लिटर रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भईरहेको गोप्य सुचनाका आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
महाशाखाबाट खटेको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेलसहित मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको छ ।
जिल्ला सिन्धुली हरिहरपुर गा.पा-४ घर भई हाल जि. काठमाण्डौ बानियाटार बस्ने बर्ष ५० को हेम कुमार श्रेष्ठ,
जिल्ला मकवानपुर गढी गा.पा-१ घर भई हाल जि. ललितपुर सानुगाँउ बस्ने नवीन भन्ने बर्ष ३९ को मंगल सिहं लो, जिल्ला काठमाण्डौ टोखा न.पा-४ घर भई बस्ने बर्ष ३७ को ईक्रम श्रेष्ठ , जिल्ला काभ्रे बनेपा न.पा-४ घर भई हाल जि. भक्तपुर दुवाकोट बस्ने बर्ष ३१ को कार्साङ्ग लामा, जिल्ला खोटाङ हलेसी न.पा-६ घर भई हाल जि.काठमाण्डौ महाराजगंज बस्ने बर्ष २३ को घनश्याम आले मगर, जिल्ला काठमाण्डौ का.म.न.पा-८ तिलगंगा घर भई बस्ने बर्ष ५१ को मदन पोडे ।, जिल्ला खोटाङ हलेसी न.पा-९ घर भई हाल जि.काठमाण्डौ चावहिल बस्ने बर्ष २० को जीवन थापा, जिल्ला तनँहु भानू न.पा-६ घर भई हाल जि.काठमाण्डौ सामाखुसी बस्ने बर्ष २५ को सुदिप थडराई,जिल्ला काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५३ को अनिल चरण श्रेष्ठ, जिल्ला काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५१ को अनुप कुमार श्रेष्ठ पक्राउ परेका छ । उनीहरुको साथबाट
रक्तचन्दनको सुगन्धित तेल ३३ लिटर प्रहरीले बरामद गरेको छ ।








































