Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:१९:२० बेलुका
- ADVERTISEMENT -

कांग्रेसले आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न

प्रकाशित मिति: २०७८ मंसिर ९, बिहीबार

628
Shares

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिकाअनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा पार्टीको जिल्ला अधिवेशन भएको र परिणाम आउने क्रममा रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

यसैगरी १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको र बाँकीमा अधिवेशन हुने क्रममा रहेको उनले बताए ।

अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भइरहेको, मनोनयन गरी मतदान भइरहेको, सर्वसम्मतिको प्रयास भइरहेको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् ।

हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जना र बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ । हाल प्रारम्भ भइसकेका १२२ निर्वाचन क्षेत्रबाट तीन हजार बढी महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते लागि निर्धारण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -