गोरखा, गोरखाको पालुङटारमा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेस पालुङटार नगरपालिका वडा नम्बर ८ कार्यसमितिको शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जन बढी कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गर्नु भएको छ । पालुङटार नगरपालिकाका नगर सभापती नारायण गुरुङ, पालुङटार नगरपालिकाका नगर प्रमुख इ दिपक बाबू कदेल लगायतले नव प्रबेशी लाई बधाई तथा शुभकामना दिनु भएको थियो ।










































