काठमाडौं, मंगलबार, १६ कात्तिक २०७८ । सत्तारुढ दल नेपाली कांग्रेसमा आकर्षण बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस गोदावरी नगर समितिले आयोजना गरेको कार्यक्रममा गोदावरी नगरपालिका–११ का राप्रपा वडाध्यक्ष निलबहादुर देशार, माओवादीको वाइसीएल गोदावरी नगर कमिटी सहइन्चार्ज निरोज महर्जनसहित ३०२ जना कांग्रेसमा प्रवेश गरेका हुन ।
गोदावरी नगरपालिका ४ जना नै नेपाली कांग्रेसको वडा सदस्यमा निर्बाचित भएका थिए । नेता देशारको लोकप्रियता कारण वडा अध्यक्षमा निर्बाचित भएका थिए ।
माओवादी जिल्ला सदस्य उमा बिसुंखे, महिला समूह अध्यक्ष मसलादेवी कहिब, एमालेका श्याम नेपाली, अशोक बिष्ट, ईश्वर केसी, अनिश भण्डारी, महेन्द्र महर्जन, मुकेश नेवा, महेश महर्जन, महेन्द्र महर्जन, नवराज नगरकोटी, सञ्जिव कार्की, सुरेश महर्जन, सानुबाबु नेपाली, किशोर महर्जन लगायत कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद प्रमुख अतिथि रहेको कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, पूर्व अर्थ राज्यमन्त्री उदयशम्सेर राणा, नेपाली कांग्रेस खेलकुद विभाग सचिव, युवा नेता मीनकृष्ण महर्जन, गोदावारी नगरपालिकाका पूर्व मेयर गजेन्द्र महर्जन लगायतले टीका, माला लगाएर नवप्रवेशीलाई कांग्रेसमा स्वागत गरेका हुन ।
कार्यक्रम गोदावरी नगर कार्यसमिति सभापति प्रदीप जोशीको सभापतित्वमा भएको थियो ।








































