गोरखा, आइतबार, १४ कात्तिक २०७८ । नेकपा माओवादी केन्द्रबाट नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई काँग्रेस प्रवेश गराउनु भएको हो ।

सांसद दवाडीले बारपाक सुलिकोट ४ कलसोहाराका पुरै गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गराउन सफल हुनु भयो ।

कार्यक्रममा सांसद दवाडीले गोरखाको विकास काँग्रेसमात्र गर्न सक्ने बताउँदै गोरखाको विकासका लागि युवाको खाँचो रहेको बताउनुभयो । उहाँले नवप्रवेशी युवालाई काँग्रेसको संगठन निर्माणमा लाग्न निर्देशन समेत दिनुभयो ।







































