काठमाडौँ, आइतबार, १४ कात्तिक २०७८ । प्रधानसेनापतिद्वारा एक कार्यक्रमका बिचमा दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम
शर्माले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय
जङ्गी अड्डाले जनाएको छ ।
रथी दर्जामा पदोन्नति हुनुभएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति हुनु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।









































