गोरखा, गोरखा क्षेत्र न २ का सांसद प्रकाश चन्द्र दवाडीको पहलमा माओवादी पार्टी परित्याग गरी कांग्रेस पार्टीमा प्रबेश गराउनु भएको छ ।
नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट ७ पाँचखुवा देउरालीका पूर्व उपाध्यक्ष एवं गाउँपालिका सदस्य, प्रभावशाली नेता शिव बहादुर गुरुङ लगायत अन्यलाई सांसद प्रकाश चन्द्र दवाडीले नेपाली कांग्रेस प्रवेश गराउनु भएको हो ।
प्रभावशाली नेता शिव बहादुर गुरुङ बि स २०५२ सालदेखि नै माओवादीमा लागेर विभिन्न समयमा जेलमा थुनिनु परेको, पिटाइ खानु परेको र विभिन्न समयमा यातना भोग्न बाध्य भएको स्मरण गराउदै भुमिगत हुनु परेको बताउनु भयो ।
आफ्नो सोच र बिचारले अधि बढन आग्रह गर्दै लोकतन्त्र र समाजबा मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको बताउनु भयो ।
अन्तमा, प्रजातन्त्रलाई मानेर जस्तोसुकै परिस्थिति आएता पनि गाउँ नै चाहिने भएको हुनाले सबै मिलेर गाउँको बिकास गर्न जरुरी रहेको बताउनु भयो ।
गोरखा क्षेत्र न २ मा लोकप्रिय रहेका दवाडी कॉंग्रेस जिल्ला अधिवेशनमा क्षेत्र नं २ बाट सर्वाधिक मतसहित महाधिबेशन प्रतिनिधिमा बिजयी हुनु भएको थियो ।











































