Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
५:०७:४१ बिहान
- ADVERTISEMENT -

हिन्दू–मुस्लिम समुदायले एकापसमा मिलेर लगाए दशैंको टीका

प्रकाशित मिति: २०७८ असोज २९, शुक्रबार

829
Shares

ढल्केवर, असोज २९ गते । धनुषाधाम नगरपालिका ५, नौसयबिघा गाउँमा हिन्दू–मुस्लिमले एकापसमा मिलेर टीका लगाएर दशैंको शुभकमना आदानप्रदान गरेका छन् ।

हिन्दू परम्पराअनुसार शुक्रबार दशैंको टीका लगाउने शुभ साइतमा नौसयबिघाका स्थानीयले “समाजिक सद्भाव संस्कार” नारा दिएर आयोजना गरेकोे टीका कार्यक्रममा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई दशैंको टीका लगाएर शुभकमना आदानप्रदान गरेका हुन् ।

टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा उपस्थित हिन्दू–मुस्लिमलाई टीका र जमरा लगाई दिएर दशैंको शुभकमना दिनुभयो । यस्तै मुस्लिम तथा हिन्दू समुदायले एकापसमा टीका तथा जमरा लगाई दिएर शुभकामना आदानप्रदान गर्नुभयो ।

टीका कार्यक्रममा करिब तीनसय जनाको उपस्थित थियो । जसमा करिब ६० जना मुस्लिम समुदायकाले दशैंको टीका ग्रहण गर्नुभयो । नौसयबिघा गाउँमा दुईसय घर मुस्लिम समुदायको रहेकोछ ।

कार्यक्रमका प्रमुख आतिथि तथा धनुषाधाम नगरपालिकाका नगरप्रमुख मण्डलले एक समुदायले मान्दै आएको धर्म, सँस्कृति र परम्परालाई अर्को समुदायले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले समाजिक भाइचारा र एकापसमा सद्भाव कायम राख्न यस्तो कार्यक्रम भइरहनु पर्ने चर्चा गर्नुभयो ।

नगर प्रमुख मण्डलले नगरपालिकामा पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको भएपनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका संयोजक शंकर यादवले हिन्दु समुदायले मात्र दशैंमा टीका लगाउने चलनलाई मधेशी तथा अन्य समुदायले सम्मानकासाथ ग्रहण गरुन् भनेर कार्यक्रमको आयोजना गरेको बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -