Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४०:४४ बिहान
- ADVERTISEMENT -

आज बडादशैँको चौंथो दिन, कूष्माण्डा देवीको पूजा गरिँदै

प्रकाशित मिति: २०७८ असोज २४, आइतबार

451
Shares

काठमाडौं, आइतबार, २४ असोज २०७८ । नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (आइतबार) चौंथो दिन । आज नवदुर्गाको चौथो रूपमा कूष्माण्डा देवीको पूजा आराधना गरिँदै छ ।

ब्रहृम या अण्डलाई उत्पन्न गरेको करण उहाँलाई कूष्माण्डा देवीको नामले चिनिन्छ । तीन नेत्रले युक्त देवीले आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नुभएको छ । अष्ट भूजाहरूमा युक्त उहाँले चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषवाण, तथा कमलपुष्प धारण गर्नुभएको छ । उहाँको बाहन बाघ हो ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ । उपत्यकामा मैतिदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् ।

यस्तै देशभरमा रहेका विभिन्न शक्तिपीठमा देवीको विशेष आराधाना, पूर्जा गर्ने गरिन्छ । काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, नुवाकोटका जाल्पामाई र भैरवी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, बाग्लुङ कालिका, भोजपुरको सिद्धकाली, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९)को संक्रमणमा केही कमी भए तापनि जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै मन्दिरमा भक्तजनहरूका लागि दर्शन गर्न अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -