विश्वप्रकाश शर्मा
राजनीतिमा परिवर्तनको अनिवार्यता बारे नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार विश्व प्रकाश शर्माले, संविधान दिवसका अवसरमा झापा बिर्तामोडको कार्यक्रम मार्फत अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा हामीले एकातर्फ विगतको आत्मसमिक्षा गर्नुछ, अर्कातर्फ आउँदा दिनहरुका लागि आत्मचिन्तन । स्थापना कालमा विपी कोईराला लगायतका अग्रजले देशका सामु राख्नुभएको संकल्प र सपनाले हासिल गरेको उपलब्धीप्रति एकातर्फ गौरब त अर्कातर्फ कार्यसम्पादनमा रहेका हाम्रा कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने
नविन संकल्प र नविन सपनाको रेखांकन अबको कांग्रेसले गर्नु पर्नेमा जोड दिनु भयो ।
यो ऐतिहासिक घडिमा म विचार विजारोपण गर्ने अग्रज नेताहरू, त्यो विचारका लागि जीवन अर्पण गर्ने महान सहिदहरु अनि विचार र संस्कारको त्यो निष्ठाप्रति जीवनभर समर्पित पार्र्टीका पुराना जीवित अग्रजहरु एवं अन्य सबै आदरणीय जनमा यो घडिमा बिशेष श्रद्धा र सम्मान व्यक्त गर्दै ईतिहासको एउटा कालखण्डमा विपीले देशका लागि देख्नुभएको सपनालाई एक्काईसौ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर “समय सापेक्ष सपना” साथ नेपाली कांग्रेस अघि बढ्नु छ । यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगती तर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ । चौधौं महाधिवेशन क्रममा यि समग्र विषयमा हामीलेचिन्तन गर्नुछ ।
आज असोज ३ गते २०७८ को संविधान दिवसको दिन भने म आफ्नो गृह जिल्ला झापाको माटोमा उभिएर यि विषयलाई थाति राखेर यो समग्रलाई नायकत्व गर्ने राजनीतिको आजको चुनौती, राजनीतिप्रतिको प्रश्न र बिकर्षण अनि अबको राजनीतिक रुपान्तरणको सन्दर्भमा विश्वप्रकाश शर्माले अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ ।
मेरो संक्षिप्त अपिल छ “हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन” । हामी जान्दछौं हरेक देशको राजनीतिले त्यो देशको हरक्षेत्रलाई प्रभावित र नेतृत्व गरेको हुन्छ, अतः राजनीतिमा परिवर्तनको अर्थ हुन्छ हर क्षेत्रमा त्यसको व्यापक सकारात्मक प्रभाव । नेपालमा राजनैतिक परिवर्तन पटकपटक भएको छ । अब बेला भएको छ, राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्ने । हाम्रो
राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सुत्रबद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याउन आग्रह समेत गर्नुभयो । यहि आग्रहका साथ २४ बुँदा छलफल र बहसका लागि विश्वप्रकाश शर्माले अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ ।








































