Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:५३ बिहान
- ADVERTISEMENT -

मनाङ एमालेका लोकप्रिय युवा नेता कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७८ भदौ २४, बिहीबार

362
Shares

काठमाडौं, बिहिबार, २४ भाद्र २०७८ । नेपाली कांग्रेस मनाङका सभापति एवम् पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले एमालेका स्थानीय लोकप्रिय युवा नेता महेन्द्र घलेलाई पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति गुरुङले एमालेका युवा नेता घलेलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेसमा प्रवेश गरेका घले चामे– २, थानचोक निवासी हुन् । एमालेभित्रको व्यक्तिवादी चरित्र र झुठ बोल्ने हर्कतका कारण दिक्क लागेर पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेको घलेले बताएका छन् ।

सभापति गुरुङले कांग्रेसभित्र सबैलाई समान व्यवहार हुनेभन्दै योग्यता र क्षमताका आधारमा काम गर्ने अवसर सबैले पाउने बताए ।

उनले भने, ‘कांग्रेसले झुठ बोल्न जानेको छैन । जे बोल्छ त्यही गर्छ । आउनुस् सबै मिलेर कांग्रेसलाई ठूलो पार्टी बनाएर देशको विकास गर्नुपर्छ ।’

कांग्रेस प्रवेश गरेका घलेले आफूले पार्टीले दिएको जिम्मेवारी ईमान्दरी पूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

घले युवाहरूका बीच लोकप्रिय छन् । उनले युवाहरूको साथ लिएर कांग्रेसलाई बलियो बनाउन आफूले कुनै कसर बाँकी नराख्ने जनाएका छन् ।

घलेले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेपछि मानाङमा एमालेभित्र धक्का पुगेको छ । एमालेका स्थानीय नेताहरू चिन्तित बनेका छन् ।

सभापति गुरुङले मनाङमा कांग्रेसलाई एकढिक्का बनाएर राखेका छन् । गुरुङ कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि तथा जिल्ला सभापतिलगायतमा सर्वसम्मत बनाइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -