Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:०३ बिहान
- ADVERTISEMENT -

समन्वय समिति प्रमुखसहित खोटाङमा आठ जनप्रतिनिधिले त्यागे एमाले

प्रकाशित मिति: २०७८ भदौ २१, सोमबार

405
Shares

खोटाङ, सोमबार, २१ भाद्र २०७८ । खोटाङका जिल्ला समन्वय समिति प्रमुखसहित आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङसहित आठ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।

चाम्लिङसँगै जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिकी सदस्य रञ्जना राईलगायतले आइतबार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

यस्तै, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले एमाले छाडेर समाजवादी रोजेका हुन् ।

निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय सीमा दिएपछि जिल्लाका जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । नयाँ दल रोज्ने अन्य जनप्रतिनिधिले पनि क्रमशः सनाखत गर्ने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रहेका चाम्लिङले बताए ।

खोटाङका प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -