Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४८:११ बिहान
- ADVERTISEMENT -

कांग्रेस महामन्त्री खड्काको जिल्लामा को बन्ला सभापति ?

प्रकाशित मिति: २०७८ भदौ १८, शुक्रबार

563
Shares

सुर्खेत, शुक्रबार, १८ भाद्र २०७८ । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतमा जिल्ला अधिवेशनका लागि माहोल तातेको छ । प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा अन्य जिल्लाको भन्दा कांग्रेस राजनीति फरक छ ।

अन्य जिल्लामा देउवा, पौडेल, सिटौला र कोइरालाको प्यानल हावी हुने गरेको भए पनि सुर्खेत जिल्लामा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी र महामन्त्री पूर्णबहादुर खड्का प्यानलबीच कडा प्रतिपस्पर्धा हुने देखिएको छ ।

केन्द्रीय सदस्य थानी पौडेल पक्षधर नेता हुन् भने खड्का संस्थापन देउवा पक्षधर हुन् । तर, जिल्लामा थानी र खड्का पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

गत जिल्ला अधिवेशनमा थानी प्यानलका कमलराज रेग्मी र खड्का प्यानलका यज्ञबहादुर बुढाक्षेत्रीबीच कडा प्रतिस्पर्धा भएको थियो । रेग्मीले बुढाक्षेत्रीलाई तीन मतले पराजित गरेका थिए । बुढाक्षेत्री हाल कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री छन् ।

बहालवाला पार्टी सभापति रेग्मी दोस्रोपटक पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् भने खड्का प्यानलले पुनः बुढाक्षेत्रीलाई सभापपतिको उम्मेदवार बनाउने तयारी थालेको छ । दुवै सभापतिका बलिया उम्मेदवार हुन् ।

खड्का प्यानलबाट सभापतिमा आंकाक्षीहरुको धेरै छन् । खड्का पक्षका कालीप्रसाद शाक्य, टोपबहादुर रावत, श्याम भारती, गोविन्द कोइरालालगायतका नेताहरुले सभापतिमा आकांक्षा राखेको छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले सभापतिको उम्मेदवारको आंकाक्षा राखेका छन् । उनी अहिलेसम्म कुनै समूहमा खुलेका छैनन् ।

सुर्खेतमा तप्तबहादुर विष्ट समूह पनि थियाे । उनको निधनपछि नेता तथा कार्यकर्ता अहिले खड्का प्यानलमा लागेका छन् । विष्ट समूह खड्का प्यानलमा लागेका कारण अहिले खड्का प्यानलले जित्न सक्ने कांग्रेसका कार्यकर्ताहरु बताउने गरेका छन् । तर, थानी प्यानल पनि बलियाे रहेकाले अहिले नै अनुमान गर्न हतार हुने बताइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -