गोरखा, बिहिबार, १७ भाद्र २०७८। कमेडी च्याम्पियनको टप ३ सम्म पुग्न सफल हुनु भएका सन्तोष थापालाई पालुङ्गटार नगरपालिकाका
नगर प्रमुख इ.दीपक बाबू कंडेलले प्रत्यक्ष भेटगरी बधाई तथा शुभकामना दिनु भएको छ ।
गोर्खाली कमेडीयन सन्तोष थापा कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ठ तीन भित्र पर्न सफल हुनु भएको हो ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजनको उत्कृष्ठ तीनमा पुग्न सफल हुनु भएको हो ।
कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो बिहिवार उत्कृष्ठ तीन सम्म आईपुगेको छ । उक्त कार्यक्रमको उत्कृष्ट तीनमा पुगेका प्रतिस्पर्धी बिच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ ।
प्रतिस्पर्धीहरुको भिडमा गोरखाका सन्तोष थापाको प्रस्तुती चर्चामा छ । उहाँ कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा रहनु भएको छ ।
उत्कृष्ठ र तार्किक ब्यंग्यका कारण दर्शकसामु चर्चित रहेका थापाले आगामी यात्राका लागि भोट गरिदिन सबैलाई आह्वान गर्नु भएको छ ।
कमेडी च्याम्पियनको बिजेता बन्न उनले प्रतिषपर्धी भरतमणी पौडेल र बिक्की अग्रवाललाई भोटिङमा जित्नुपर्छ । अबको निर्णय भोटले गर्ने भएकाले उहाँले सबैलाई आफ्नो पक्षमा भोट गरिदिन पनि अपिल गर्नुभयो ।
कमेडी च्याम्पियनको बिजेताले नगद, कार सहितका पुरस्कार पाउनेछन् ।








































