काठमाडौँ, २४ माघ २०७५ । नेपाल विद्युत प्राधिकरणको पछिल्ला दिनहरुमा चर्चा चुलिदैं गएको छ । सफल नेतृत्व र कुशल कार्यशैलीको सबैंले खुलेरै तारिफ गरिरहेका छन् ।
लामो समय ओरालो लागेको नेपाल विद्युत प्रधिकरण प्रमुखको रुपमा कुलमान घिसिङ पाएपछि प्राधिकरणको विगत फेरिएको छ । विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट प्रतिशत १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी गरेको छ ।
गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थियो । यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य राखिएको थियो । पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी प्रगति भएको जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । चुहावट कम गर्न प्राधिकरणले आफ्नो विभिन्न वितरण केन्द्रलाई फरकफरक लक्ष्य दिएको प्राधिकरणले भनेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए । अहिले भारतलाई समेत्त विद्युत बेचिरहेको नेपाल विद्युत प्रधिकरणले जनताको साथ र सहयोग पाइरहेको जनाएको छ । जनस्तरबाट यसरी नैं सहयोग रहने हो भने ठुलो प्रगति पाउँन सकिने आम जनविश्वास रहँदैं आएको छ ।








































