काठमाडौं, १४ भाद्र २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
सोमबार काठमाडौं महानगरको वडा ३० नम्बरका कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफ्नो दाबेदारीका आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।
थापाले दोस्रो पटक महामन्त्री पदमा उम्मेद्वारी दिन लागेका हुन् । यसअघि १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । तर, उनी डा। शशांक कोइरालासँग पराजित भएका थिए ।








































