काठमाडौँ, शुक्रबार, ११ भाद्र २०७८ । चालू आवको साउनमा मलुकभर तीन हजार ९१६ अ’पराधका घ’टना भएको छ ।
प्र’हरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी सामाजिक अ’पराधका ८९१, ज्या’नसम्बन्धीका ७१८, आ’त्मह’त्याका ५०२, चो’रीका २९६, स’ङ्गठित/आ’र्थिक अ’पराधका ५४४, महिला बालबालिका वि’रुद्ध ४६६, सवारीसम्बन्धी १३२ मु’द्दा दर्ता भएको छ । एक महिनाको प्राप्त तथ्याङ्कअनुसार दैनिक १२६ अ’पराधिक घटना भएको छ ।
यसैगरी हातहतियार तथा खरखजानासम्बन्धी २५, बा’ल यौन दुराचारका २५, अपहरण वा शरीर बन्धकका १४, मानव बेचबिखन तथा ओसारपसारका १७ मुद्दा दर्ता भएको जनाइएको छ । गत साउन महिनामा दर्ता भएका कूल तीन हजार ९१६ आपराधिक घटनामा ४ हजार ९०२ अभियुक्त संलग्न रहेका छन् । अ’पराधमा संलग्नमध्ये तीन हजार ७१६ प’क्राउ परेका छन् । एक हजार १८६ फ’रार छन् ।
एक महिनामा अदालतबाट सजाय तोकिएका एक हजार ११९ फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट जरिवानाबापत रु ११ करोड ३० लाख ४९ हजार असुल भएको छ । एक महिनामा कूल रु ३६ करोड ४७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
एक महिनामा एक हजार ८१८ सवारी दुर्घटनामा १६० को मृ’त्यु भएको छ भने ५४० गम्भीर घा’इते भएका छन् । औसतमा प्रतिदिन ५८ सवारी दुर्घटना भएको तथ्याङ्कले देखाएको छ ।
एक महिनामा कूल ३६१ ला’गुऔ’षधसम्बन्धी मुद्दा दर्ता भएकोमा ५५६ मानिस प’क्राउ परेका छन भने ३३५ किलो गाँजा र १९ किलो चरेश बरामद भएको छ । ५८ ह’तियार, ९७ रा’उण्ड गोली र ६ थान म्यागजिन बरामद गरिएको छ । अ’वैध हातहतियारसहित ३९ जना पक्राउ परेका छन् । साउन महिनामा ४३९ विपद्का घटनामा २३ ले ज्या’न गुमाएका छन् भने ६९ जना घा’इते भएका छन् । प्र’हरी कर्मचारी विरुद्ध ४८ वटा उजुरी दर्ता भएकोमा १३ उजुरी फछ्र्यौट भएका छन् । कूल २०२ प्रहरी कर्मचारी विभागीय का’रबाहीमा परेका प्र’हरीले जनाएको छ ।








































