काठमाडौं, मंगलबार, ८ भाद्र २०७८ । सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान भएको छ । सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान भएको हो ।
सोमबार सो समितिले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई विवाद समाधान गर्न जिम्मा दिइएको थियो ।








































