Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:२८ बिहान
- ADVERTISEMENT -

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित कार्यदलले सबै विवाद समाधान भएको दाबी

प्रकाशित मिति: २०७८ भदौ ६, आइतबार

360
Shares

काठमाडौँ नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित कार्यदलले सबै विवाद समाधान भएको दाबी गरेको छ । कार्यदलका सदस्य रमेश लेखकले विवाद टुंगिएको र आज आइतबार नै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिए ।

लेखक संयोजक रहेको क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद कायमै राखेर सभापतिलाई प्रतिवेदन बुझाए पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

‘पहिल्यै पनि म संयोजक भएको समितिले अधिकांश विवाद समाधान गरिसकेको थियो । केही बाँकी भएको ठाउँमा पनि टुंगियो,’ लेखकले भने, ‘१०० प्रतिशत काम सकियो । अब आज सभापतिलाई प्रतिवेदन बुझाउने तयारी भएको छ । आज नेताहरुको समय भएन भने भोलि प्रतिवेदन बुझाउँछौँ ।’

कांग्रेस केन्द्रीय समितिको बैठकले सिटौला, केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई भदौ ३ भित्र क्रियाशील विवाद समाधान गरेर प्रतिवेदन बुझाउन भने पनि कार्यदलले ढिलो गरी प्रतिवेदन बुझाउ लागेको हो ।

यसअघि लेखक संयोजक रहेको समितिले साउन १२ गते प्रतिवेदन बुझाएको थियो । विवाद समाधान नहुँदा भदौ १६ गतेको लागि तोकिएको महाधिवेशन नै प्रभावित भयो । कांग्रेस १४ औँ महाधिवेशन मंसिरलाई सारिएको छ । वडा तहको अधिवेशन भने भदौ १८ गते हुने भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -