Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:३५ बिहान
- ADVERTISEMENT -

कांग्रेसका केन्द्रीय सदस्यको बढी चासो क्रियाशील सदस्यतामा

प्रकाशित मिति: २०७८ साउन ३०, शनिबार

366
Shares

काठमाडौँ, शनिबार, ३० साउन २०७८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको देखिएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यतामा केन्द्रित भएर आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा उहाँहरुले आफ्नो जिल्ला, क्षेत्र र वडाका क्रियाशील सदस्यतामा देखिएका विवाद तथा समस्या बारेमा अवगत गराउनुभएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिनुभयो । यसबाहेक बैठकमा केन्द्रीय सदस्यहरुले आगामी भदौमा १४औँ महाधिवेशन हुनुपर्ने, महाधिवेशन मङ्सिरमा गर्नुपर्ने, कोभिड–१९ का कारण महाधिवेशन गर्न नसकिने, महाधिवेशन गर्ने अन्य बैकल्पिक उपाय र जनजीविकालगायतका विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

कांग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बिहीबार शुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो भने अन्य नौ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभएको थियो । आजको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्ना शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह लामा, जङ्गीलाल राय, रामजनम चौधरी, हेमराज तातेड र केन्द्रीय आमन्त्रित सदस्यहरु हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले आआफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन ३० गते दिउँसो २ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -