Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५३:३४ बिहान
- ADVERTISEMENT -

कांग्रेस १४ औं महाधिवेशन : क्रियाशील सदस्यतालाई पारदर्शी र न्यायपूर्ण बनाउन आग्रह

प्रकाशित मिति: २०७८ साउन २८, बिहीबार

392
Shares

काठमाडौं, बिहिबार, २८ साउन २०७८ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई विभिन्न पाँच बुँदे सुझाब दिएका छन् । २५ र २६ गते बसेको जिल्ला सभापतिहरूको बैठकपछि विज्ञप्ति जारी गर्दै नेतृत्वलाई पाँच बुँदे सुझाब दिइएको हो ।

जिल्ला सभापतिहरूले आफूले दिएका सुझाबहरू अस्वीकार गरिएमा जुनसुकै कदम चाल्न पनि आफूहरू तयार रहेको चेतावनी दिएका छन् । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यतालाई पारदर्शी र न्यायपूर्ण नबनाइएको अवस्थामा पार्टी हितलाई सर्वोपरी ठानी कडा कदम चाल्न बाध्य नपार्न आग्रह गरेका हुन् ।

छलफलपछि सभापतिहरूले पार्टीको वैधानिकता सुनिश्चित गरी १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रतिबद्धतासहित नेताहरूलाई सुझाब दिएका हुन् । जिल्ला सभापतिहरूले पार्टीको विधान र केन्द्रीय परिपत्रानुसार तहगत प्रक्रिया पूरा गरी नयाँ र नवीकरण क्रियाशील सदस्यतासम्बन्धी सफ्टवेयरमा इन्ट्रि गरिएको विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन् । सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापतिहरूले देखिएका त्रुटिलाई सुधारका लागि पनि समय दिनुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिबाट निर्धारित मापदण्डअनुसार क्रियाशील सदस्यता सूचीलाई परिमार्जन गरेर अन्तिम रूपमा दिनुपर्ने उहाँहरूको माग छ ।

यसैगरी अन्य पार्टीबाट प्रवेश गरेका र समायोजन भएका सदस्यहरूको सन्दर्भमा केन्द्रीय परिपत्र र मापदण्ड अनुसार जिल्लाबाट तहगत सिफारिश भई आएकालाई मात्र मान्यता दिनुपर्ने माग जिल्ला सभापतिहरूको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पटकपटक गरेको प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध कांग्रेसले लिएको अडान, आन्दोलन र राजनीतिक नेतृत्वको परिणामका कारण गठन भएको सरकारले कोभिडविरुद्ध लड्न खोपको उपलब्धतालाई उच्च प्राथमिकता दिएको प्रति धन्यवाद व्यक्त गरेका छन् । जिल्ला सभापतिहरूले हेलम्बु, मेलम्ची क्षेत्रलगायत देशभरका बाढी पहिरोपीडितलाई अविलम्ब राहत उपलब्ध गराउन माग गरेका छन् । यस्तै भूमि र सुकुम्बासीसम्बन्धी समस्या समाधान प्रभावकारी कदम चाल्न र सबै भ्रष्टाचारका काण्डहरुको छानविन गर्न उहाँहरुले आग्रह गर्नुभएको छ ।

त्यसैगरी वृद्ध भत्ता, भूकम्प पीडित तथा दीर्घरोगी सहयोग जस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी वृद्धि, सुशासन एवं कानुनी राज्यको प्रत्यभूत गराउन पनि सभापतिहरूको माग छ । साथै सभापतिहरूले पार्टीको इतिहास र परम्परालाई स्मरण गर्दै १४औैं महाधिवेशन भव्य महोत्सवका रूपमा सम्पन्न गरी पार्टीमा भावनात्मक एकताका लागि अपिल गरेका छन् । भेलामा पौडेल पक्षका जिल्ला सभापतिहरूको मात्रै सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -