Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४०:४६ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री र ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति: २०७८ साउन १६, शनिबार

347
Shares

काठमाडाैं, साउन १६ गते । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ ।

सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । शपथ लिनुभएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार हुन नसक्दा बाहिर आलोचना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले चाँडै मन्त्रिपरिषद विस्तारबारे भेटमा जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच सत्ता समिकरणमा मन्त्रालयको भागबण्डा लागिनसकेको अवस्थामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा अझै टुङ्गो लाग्न बाँकी रहेको सत्तारुढ दलका नेताहरुको भनाइ छ । मन्त्रीपरिषद विस्तारको गृहकार्य तीव्ररुपमा भएकाले आउने सोमबार वा मंगलबारसम्म विस्तार हुनसक्ने स्वकीय सचिव देउवाले बताउनुभयो ।

अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेटन विहान बालुवाटार आउनुभएको थियो । करिब पौने घण्टा लामो छलफलमा दुवै नेताबीच मन्त्रिपरिषद विस्तारको विषय सँगसँगै जनताका दैनन्दिन समस्या सम्बोधनका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दलले नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेकाले मन्त्रिपरिषद विस्तारमा ढिलो भइरहेको कतिपय नेताहरुको बुझाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -