Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:११ बिहान
- ADVERTISEMENT -

पुनर्निर्माण समयमा सम्पन्न गर्न प्राधिकरणलाई निर्देशन

प्रकाशित मिति: २०७५ माघ १८, शुक्रबार

1130
Shares

काठमाडौँ, १८ माघ २०७५ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भूकम्पपछिको पुनर्निर्माण समयमा सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले प्राधिकरणलाई निजी आवास, शैक्षिक संस्था, पुरातात्विक सम्पदा, स्वास्थ्य संस्था, एकीकृत बस्ती लगायतलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गर्न निर्देशन दिएको हो ।

समितिका सभापति दिलकुमारी रावल थापाले सम्पदाको पुनर्निर्माण गर्दा समय, गुणस्तर र ऐतिहासिक महत्वलाई ध्यान दिन, तीन तहका संरचनाहरुबीच समन्वय गर्न, पुनर्निर्माणसम्बन्धी स्थानीय तहसम्म रहेका सबै संरचनालाई अझ बढी क्रियाशील बनाउन निर्देशन दिनुभयो ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, शैक्षिक संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, सांस्कृतिक सम्पदा लगायतको पुनर्निर्माणमा हालसम्म भएको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । साथै उनले पुनर्निर्माणको कार्यलाई गति दिन र स्थानीय तहमा स्वामित्व बढाउन स्थानीय तहलाई अधिकार हस्तान्तरण गरेको जानकारी दिनु भयो ।

बैठकमा सांसदहरुले सम्पदाको पुनर्निर्माण, विदेशमा भएका लाभग्राही, पुनर्निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, लाभग्राहीले ठाउँ परिवर्तन गर्न पाउने÷नपाउने, सहुलियत ऋणलगायत विषयमा जिज्ञासा राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -