काठमाडौं, बुधबार, ६ साउन २०७८ । वी.पी. स्मृति दिवसको अवसरमा किसुनजी आश्रममा वृक्षारोपण कार्य सम्पन्न गरिएको छ । वीपी कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला । नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम ।

वीपी कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस पार्टी तथा उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाणद्वारा वी.पी. स्मृति दिवसको अवसरमा सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) आश्रम बाडे गाँउमा वृक्षारोपण कार्यक्रममा सहभागी जनाउनु भएको छ ।










































