काठमाडौं, ४ साउन २०७८ । नेपाली कांग्रेस केन्दिय तरुण विभागले स्याङ्जाका युवा नेता गोपाल पंगेनीलाई मनोनयन गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार साउदी अरेबिया देशको केन्दिय तरुण विभागको साउदी अरेबिया शाखा प्रमुखमा स्याङ्जाका युवा नेता गोपाल पंगेनीलाई मनोनयन गरेको हो।
नेपाली काग्रेस केन्द्रीय तरुण विभागले मनोनित पत्रमा भनेको छ लोकतन्त्र प्रति आस्था राख्ने यूवा नेता पंगेनीलाई साउदी अरेबिया देशमा समन्वय गरी गतिशील बनाउन यहाँको महत्वपूर्ण योगदान रहने छ भन्ने पूर्ण विश्वास लिएको जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको विदेश समन्वय समितिको संयोजक र सह – संयोजक संग समन्वय र संपर्कमा रही आफ्नो कार्य प्रभावकारी रुपमा सम्पादन गर्न पत्रमा उल्लेख गरेको छ ।








































