Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०३:३६ बिहान
- ADVERTISEMENT -

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहल

प्रकाशित मिति: २०७५ माघ १५, मंगलबार

1026
Shares

काठमाडौं, १५ माघ २०७५ । सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ। पछिल्लो समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।

त्रिविको क्यालेन्डरअनुसार फागुन १४ मै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनुपर्नेमा जोड दिनुभयो । नेविसंघ अध्यक्ष नैनसिंह महर र नेताहरूसहित आइतबार सभापति देउवा बालुवाटार पुगेका थिए । सरकारकै गतिविधिका कारण आफुहरू सडकमा रहेको र पहिले यस्ता समस्या समाधान नभएसम्म स्ववियु निर्वाचनमा जान नहुने उनको तर्क छ ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ त्रिविका पदाधिकारीसहित आफ्नो पार्टीका समेत विद्यार्थी नेतासँग स्ववियु निर्वाचनबारे संयुक्त छलफल डाकेका थिए । ‘सरकारले नेविसंघका विद्यार्थी नेतालाई धरपकड गरिरहेको बेला ऊ कसरी निर्वाचनमा जान सक्छ’, नेविसंघका अध्यक्ष महरले भने, ‘हामी निर्वाचनको विपक्षमा छैनौं। तर त्यसका लागि सहज वातावरण बन्नुपर्छ ।’

कांग्रेस नेतृत्वले सोमबार बसेको केन्द्रीय समिति बैठकमा समेत स्ववियु निर्वाचनबारे छलफल गरेको छ। कांग्रेसभित्र नेविसंघकै म्याद सकिएको भन्दै शीर्ष नेता यसलाई के गर्ने भन्नेमा विभाजित छन् । तर बैठकले यसबारे निर्णय गर्न सकेन। अर्को बैठक २३ माघमा बस्दै छ ।

बैठकमा कानुनविद् समेत सहभागी थिए। उनीहरूसँग कांग्रेस नेतृत्वले सरकारले हालै प्रतिपक्षीबिनै गरेको संवैधानिक परिषद् बैठकले लिएको निर्णयबारे छलफल गरियो। बैठकमा कांग्रेस निकट केही अधिवक्ताले पार्टीलाई सर्वोच्चमा समेत जान सुझाएका थिए।

०७६ फागुनमा महाधिवेशन प्रस्ताव

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ०७६ फागुनमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । बैठकमा तीन पेजको प्रस्ताव राख्दै पौडेलले अहिलेदेखि नै तालिका बनाएर तलबाट अधिवेशन प्रक्रिया थाल्न उनले माग गरेका छन् । सभापति देउवा र उनी निकटका केही नेताले विधानतः एक वर्ष म्याद थपेर पार्टीको महाधिवेशन गर्ने संकेत गरेपछि वरिष्ठ नेता पौडेलले यस्तो प्रस्ताव राखेका हुन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -