Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०८:१७ बिहान
- ADVERTISEMENT -

ओलीका गल्ती सच्याएर अघि बढ्नू, नयाँ गल्ती नगर्नू

प्रकाशित मिति: २०७८ असार ३१, बिहीबार

443
Shares

काठमाडौं, बिहिबार, ३१ असार २०७८ । सत्तारूढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन र नयाँ गल्ती नगर्न सुझाव दिएको छ ।

आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबामा बसेको बैठकमा गठबन्धनका नेताहरूले सरकार सञ्चालन देशको अवस्था र जनताका आवश्यकतामा केन्द्रित हुन सुझाव दिएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

यादवले भने, “केपी शर्मा ओलीबाट जुन गल्ती भएका छन्, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर सुझाव दिएका छौँ ।” उनले सरकार विस्तारका विषयमा कुराकानी भएको स्वीकार गरेपनि त्यसबारे केही बताउन चाहेनन् । “भोलिबाट सरकार विस्तार सुरु हुन्छ होला,” यादवले भने ।

बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमाले माधवकुमार नेपाल समूहका नेता विजय पौडेल, माओवादी नेता कृष्णबहादुर महरा र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -