Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:३२ दिउँसो
- ADVERTISEMENT -

बारपाक सुलिकोट गाँउपालिकाका ४ जनावि’रुद्ध अख्तियारद्वारा मु’द्धा

प्रकाशित मिति: २०७८ असार २८, सोमबार

755
Shares

गोरखा, सोमबार, २८ असार २०७८ । बारपाक सुलीकोट गाउँपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मु’द्धा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङ, लेखापाल गंगाबहादुर घले, इन्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङविरुद्ध विशेष अदालतमा मु’द्धा दायर गरेको हो ।

आपसी मिलेमतोमा सो गाउँपालिका ७ को झाक्रीचोक, धारापानी, देउराली, बहाँकोट सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी नाप गरेर बिलभरपाई पास गरी रकम भुक्तानी गरेको दायर गरिएको उजुरी पत्रमा उल्लेख छ ।

(क) बारपाक सुलिकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत झाक्रीचोक धारापानी देउराली बहाकोट सडक निर्माण कार्य अन्तर्गत Soft Soil को भए-गरेको वास्तविक कार्यभन्दा ब’ढी परिमाणको दरले हुन आउने बढी रकम रु. ३,६८,४२०।१७ (भ्याट सहित) ब’ढाई Field Measurement Sheet, Field Measurement गरी तयार पारेको विस्तृत लागत, नापी किताव र कार्यसम्पन्न प्रतिवेदन, गोश्वारा भौचर तयार तथा निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङसँगको मिलेमतोमा उक्त बढी रकम रु.३,६८,४२०।१७ (भ्याटसहित) भुक्तानी गरी नेपाल सरकारलाई गै’रकानूनी हानिनोक्सानी पुर्‍याई सार्वजनिक सम्पत्तिको हि’नामि’ना गरी निजहरु शिव बहादुर गुरुङ, गंगा बहादुर घले र सुजन अंगाईले भ्र’ष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको पुष्टि भएको देखिँदा निजहरुलाई बिगो रु.३,६८,४२०।१७ कायम गरी भ्र’ष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी लिइएको छ ।

(ख) निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङले बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईसंग मिलेमतो गरी शपथ, कबुलियत र सम्झौताको पालना नगरी आफूलाई गैर’कानूनी लाभ तथा नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याई सार्वजनिक सम्पत्तिको हा’निनोक्सानी गरी भ्र’ष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिमको कसुर गरेको पुष्टि भएको देखिँदा निज अमर बहादुर गुरुङलाई बिगो रु.३,६८,४२०।१७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजायको मागदावी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -