काठमाडौँ, शनिबार, २६ असार २०७८ । नेपाली का’ङ्ग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले “विकसित वर्तमान राजनीतिक घ’टनाक्रमको शक्ति केन्द्रमा शेरबहादुर देउवा रहनु भएको बताउनु भएको छ ।
कांग्रेसको १४ औ महाधिवेशनमा पार्टी सभापति शेर बहादुर देउबालाई नै पुन: सभापतिमा निर्वाचित गराउन नयाँ बानेश्वर स्थित आनन्द इभेण्टमा नेता वीर बहादुर बलाएरले अग्रसरता लिनुभएको छलफलमा नेपाली का’ङ्ग्रेसको प्रभावशाली नेता बालकृष्ण खाणले शक्ति केन्द्रमा शेरबहादुर देउवा रहनुभएको बताउनु भएको हो ।
केन्द्रीय सदस्य बालकृष्ण खाणले १४ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले आकांक्षा देखाएकाले उहाँलाई नै सहयोग गर्नुपर्ने र सकेसम्म सर्वसम्मत गराउने गरेर काम गर्नुपर्ने धारणा समेत राख्नु भयो ।
साथै, उहाँले १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले आकांक्षा देखाएकाले उहाँलाई नै सहयोग गर्नुपर्ने र सकेसम्म सर्वसम्मत गराउने गरेर काम गर्नुपर्ने धारणा राख्नु भयो । सर्वसम्मत हुन नसकेपछि मित्रवत प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो ।
उक्त छलफलमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्देम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरीलगायतको नेताहरु सहभागी हुनु भएको थियो ।








































