Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३९:२२ बिहान
- ADVERTISEMENT -

को’भिड जितेपछि देखिन थाले यस्ता स’मस्या

प्रकाशित मिति: २०७८ असार १७, बिहीबार

393
Shares

टीकापुर, १७ असार २०७८ । कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई सङ्क्रमण देखिएको २८ दिनपछि सङ्क्रमण मुक्त भयो । सङ्क्रमणबाट मुक्त भए पनि उहाँको स्वास्थ्यमा समस्या रहिरह्यो । “मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन”, युवतीले भनिन्, “कोरोना सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्य समस्या रहेपछि म टीकापुर अस्पताल गएँ ।”

स्वास्थ्य परीक्षण गर्दा अझै समस्या रहेको देखिएपछि चिकित्सकले ती युवतीलाई औषधि दिए र खानपिनमा ध्यान दिन भने । सङ्क्रमण निको भइसकेपछि पनि समस्या हुने अनुभव उनको छ । टीकापुरका ४० वर्षीय युवकलाई सङ्क्रमण निको भएको एक महिना भइसकेको छ । बरु सङ्क्रमणको समयमा कुनै स्वास्थ्य समस्या नदेखिएका युवक सङ्क्रमण मुक्त भएपछि अस्वस्थ छन् । सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा बेलाबेला घटिरहने समस्या भएको उनी बताउँछन् ।

सङ्क्रमणबाट मुक्त भइसक्दा पनि सुधार नआएपछि हाल उनी काठमाडौँमा उपचाररत छन्। “परिवार नै सङ्क्रमित हुँदा धेरै समस्या भयो, उपचारका लागि आर्थिक जोहो गर्न निकै कठिन भयो”, युवकले भने, “काठमाडौँमा बस्न, खान र उपचार निकै खर्चिलो छ । जताततै आफन्तसँग ऋण मागेर चलिरहेको छु । फोक्सोमा सङ्क्रमण भएको देखिएको छ”, उनले भने ।

जानकी गाउँपालिकाकी एक ५० वर्षीय महिलालाई पनि कोरोना पोजेटिभ देखियो । उनको २१ दिनमा नेगेटिभ रिपोर्ट आयो तर स्वास्थ्यमा सुधार भने आएन । स्वास्थ्य जाँचपछि अब चिकित्सकले इनहेलर ९सास फेर्न सहज हुने औषधि० औषधि सेवन गर्नु भनेको उनले जानकारी दिइन् ।

टीकापुर अस्पतालका चिकित्सक रमेश उपाध्याय हाल अस्पतालमा कोभिडपश्चात समस्या भएका एक÷दुई बिरामी नियमित आइरहेको बताउँछन् । “कसैलाई गाह्रो हुँदैन, कसैको फोक्सोमा सङ्क्रमण भएको देखिन्छ”, डा उपाध्यायले भने, “समस्या हेरेर उपचार गरिरहेका छौँ । कसैलाई निको हुन ५० दिनसम्म लागेका बिरामी पनि छन् ।”

उपाध्याय सङ्क्रमण देखिएकाहरुले स्वास्थ्य परीक्षण, छातीको एक्सरेजस्ता कुरा समयमै गर्नुपर्ने सुझाव दिन्छन् । “समयमै ख्याल नगरे पछि समस्या हुन्छ । समस्या धेरै भइसकेपछि उपचारमा आउँदा ज्यान जानसक्छ”, उनी भन्छन्, “कोरोना सङ्क्रमित अधिकांशलाई फोक्सोमा समस्या, निमोनिया हुनेजस्ता समस्या देखिएका छन् । कोरोनाको असर जीवनभर रहन पनि सक्छ । नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -