काठमाडौँ, बिहिबार, १७ असार २०७८ । रातभर परेको अबिरल वर्षाका कारण आएको बा’ढीले तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी खोलाको पक्की पुल ब’गाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार छाब्दी खोलामा ठूलो बाढी आएपछि पुल बगाएको हो । पानीको बहाव अझ नघटेमा थप क्षति हुने सम्भावना देखिएको बताइएको छ । पुल बगेपछि दुई वडाको सम्पर्कविच्छेद पनि भएको छ । बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।
त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको छ ।
यस्तै, जिल्लाकै बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । बन्दिपुर–४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उ’द्धार भएको छ ।









































