काठमाडौँ, बुधबार, १६ असार २०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको ल’डाइँ प्रधानमन्त्री केपी शर्मा ओली प्र’वृत्तिवि’रुद्ध भएको बताएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित नागरिक आ’न्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तक्रियामा अध्यक्ष प्रचण्डले ओली प्रवृ’त्ति अहिलेको प्रमुख समस्या रहेको बताएका हुन् । ‘ओलीप्र’वृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खत’रा बनेको छ । अहिलेको मुख्य समस्या ओली भएकाले त्यसका विरुद्ध हामी सँगै छौं भन्ने यो एउटा सहमति हो भन्ने मैले बुझेको छु।’ प्रचण्डले भनेका छन् ।
यस्तै, प्रचण्डले प्रधानमन्त्री ओलीले सम्झौता गर्ने र कार्यान्वयन नगरेका कारण आफूलाई अस्थिर बनाएको आरोपसमेत लगाएका छन्।
‘प्रचण्ड कहिले यता उता भन्नुहुन्छ। मलाई कहिले यता कहिले उता कसले बनायो मेरो कमजोरी होला मैले माने। शान्तिपूर्ण आए संविधान बनाए शुरुमा एमालेसँग मिलेर सरकार बनाए। संविधानको सर्वोच्चतामा नागरिक सर्वोच्चता ठूलो भन्नेमा सेनासँग अलि अप्ठेरो पर्यो । तपाइँहरुले सोचिदिनुस् मेरो अनुरोध छ ।’ उनले भने।
प्रचण्डले अब बन्ने विपक्षी गठबन्धनको नयाँ सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।








































