काठमाडौं, शुक्रबार, ११ असार २०७८ । पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसमा नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।
यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले आफूपक्षीय नेताहरूको बैठक बोलाएका हुन् ।
दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्यान्डमा बैठक बस्ने एक नेताले जानकारी दिए ।








































