गोरखा, ९ असार २०७८ । पालुङटारका नगर प्रमुखलाई कोरोना पुष्टि भएको छ । पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दीपक बाबू कंडेललाई कोरोना पुस्टि भएको छ ।
पालुङटार नगरपालिका अफिसिअल पेज माफत पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दीपक बाबू कंडेललाई कोरोना पुस्टि भएको जानकारी दिनुभएको हो ।
साथै नगर प्रमुख संग सम्पर्कमा आउनुभएका सबै ब्यक्तिहरुलाई सजग रहनु हुन अनुरोध गरिएको छ । र केही समस्या भएमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नु हुन अनुरोध समेत गरिएको छ ।









































