गोरखा, मंगलबार, ८ असार २०७८ । बसको ठक्करबाट आमालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृ’त्यु भएको छ ।
काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठ’क्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठ’क्कर दिएको प्र’हरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिनुभयो ।
बसको ठ’क्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घाइते हुनुभएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते हुनुभएकी परियारको ट्रमा सेन्टर उपचारका पुर्याइएको थियो ।
मृतक परियारका आफन्त रोशन परियारका अनुसार उहाँ आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।
अहिले घटनाको मु’चुल्का तयार पारी श’वलाई टि’चिङ अस्पतालमा पो’ष्टमार्टमका लागी लैजाने तयारी भैरहेको छ ।
दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नि’यन्त्रणमा लिइएको प्र’हरीले जनाएको छ । मृतकको आफन्तले प्र’हरी चौकी उजुरी दिएपछि घ’टनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।









































