Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१०:०८:०५ बिहान
- ADVERTISEMENT -

नेविसंघको प्रदर्शन : प्रहरी धरपकडमा विद्यार्थी नेताहरु घाइते

प्रकाशित मिति: २०७५ माघ १०, बिहीबार

880
Shares

काठमाडौं, १० माघ २०७५ । दुई हप्तादेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीको मागको बेवास्ता गर्दै दुई तिहाई बहुमतको आडमा संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेपछि सरकारको संसद भित्र मात्र नभइ सडकमा समेत विरोध भएको छ । कांग्रेस संसदहरुको प्रतिरोधपछि ११ गते सम्मको लागि संसद बैठक स्थगित हुदा संसद भवन बाहिरको निषेधित क्षैत्रमा नेविसंघले सडक प्रदर्शन गरेको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्ले , उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी लगायतको नेतृत्वमा नेविसंघका नेताहरुले निषेधित क्षेत्र तोड्दै संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले धरपकड गर्दा केहि विद्यार्थी नेताहरु समेत घाइते भएको विद्यार्थी नेता शुसील भट्टले बताए । नेविसंघका उपाध्यक्ष राम प्रसाद अधिकारीको हातको ‍औंला नै भाचिएको छ भने अन्य विद्यार्थीहरु पनि घाइते भएका छन् ।

प्रदर्शनपछि आयोजित कोण सभालाई महामन्त्री काफ्ले, उपाध्यक्ष सुवेदी विद्यार्थी नेता दुजाङ शेर्पा लगायतले संबोधन गरेका थिए । उनिहरुले केपी ओली सरकारले मेडिकल शिक्षालाई माफियाको हातमा सुम्पने गरी संसदबाट जबर्जस्ती बिधेयक पारित गर्न खोजेको आरोप लगाए ।

जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरि बिधेयक पारित गर्न खोज्ने कम्युनिष्ट सरकारले बिजय थापा जस्ता अपराधिक पृष्ठभुमिका व्यक्तिलाई अगाडि सारेर सत्याग्रहि केसीको तेजोबध गर्ने दुष्प्रयास गरेको बताए । उनिहरुले बिधेयक नलिइ जबर्जस्ती पारित गराउन खोजे नेविसंघ सडक संघर्षमा उत्रने चेतावनी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -