Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:४८ बिहान
- ADVERTISEMENT -

राजनीतिक संस्कार र आचरण सुधार नहुँदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त

प्रकाशित मिति: २०७५ माघ ८, मंगलबार

1303
Shares

काठमाडौं, ८ माघ २०७५ । राजनीतिक संस्कार र आचरण सुधार नहुँदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन् । प्रजातान्त्रिक विचार समाजले मंगलबार बुटवलमा आयोजना गरेको ‘लोकतान्त्रिक संस्कार र विचार’ विषयक प्रवचन कार्यक्रममा उनीहरूले पार्टी बलियो हुन नेता र कार्यकर्ताले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

उनीहरूले अन्तरद्वन्द्व र गुटबन्दीका कारण पार्टी कमजोर भएको बताउँदै कम्युनिष्टलाई गाली गर्दैमा पार्टी बलियो नहुने धारणा व्यक्त गरे ।

सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक नेतृत्वको गलत आचरणका कारण नेपालको राजनीति आलोचित भइरहेको उल्लेख गर्दै राजनीतिलाई सम्मनित क्षेत्र बनाउन नेतृत्वले राजनीतिक संस्कार र आचरण परिवर्तन गर्नुपर्ने बताए ।

पार्टीको आदर्श, सिद्धान्त र संस्कारमा नेता कार्यकर्ता रहन नसक्दा चुनावमा पार्टीले पराजय बेहोरेको बताउँदै उहाँले अबका दिनमा पनि कार्यशैली नफेरिए पार्टी बलियो नहुने उनको धारणा थियो ।

‘चार वर्षभित्र महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरी जनताका बीचमा जानुपर्छ, पार्टीको आन्तरिक द्वन्द्व र गुटबन्दीको अन्त्यका लागि समयमै महाधिवेशन गर्नुको विकल्प छैन’, उनको भनाई थियो ।

समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले नेतृत्वमा आत्मबल कमजोर हुँदा पार्टी कमजोर भएको बताए ।

काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिक संस्कार र आचरण ठीक नभएका नेता पार्टीमा रहेसम्म लोकतान्त्रिक संस्कार बलियो नहुने बताउँदै राजनीति कमाइ खाने भाँडो भयो, यो परिपाटी अन्त्य नभएसम्म राजनीतिक परिवर्तन सम्भव छैन भन्ने तर्क राखे ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र विचौलियाको प्रभाव बढी भएकाले समस्या भएको उल्लेख गर्दै पार्टीलाई कम्युनिष्टसँग तुलना गर्दैमा संस्कार बदलिन्न, विचारअनुसार व्यवहार हुनुपर्छ भन्ने धारणा राखे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -