पोखरा, शनिबार, २९ जेठ २०७८ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन् ।
बहुमत सांसदको हस्ताक्षरसहित काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेपनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धनका ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसिरहेका छन् ।








































