काठमाडौँ, शनिबार, २९ जेठ २०७८। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड– १९ बाट सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित बनाउने हाम्रो अभियान रहेको बताएका छन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट उत्पन्न जटिल परिस्थितिमा कोभिड १९ को महामारीले देश आक्रान्त हुदाँ नेता
प्रदीप पौडेलको पहलमा ३०० बेडको आइसोलेशन सेन्टर बनाएर नि:शुल्क सेवा सुचारु गरेका थिए ।

त्यसैगरी, गृहजिल्लामा ‘मास्क अभियान’ सुरु गरेका छन् । उनले गत शनिबार गृहजिल्ला तनहुँबाट स्वास्थ्य सामग्री वितरण गर्दै अभियान सुरु गरेका थिए ।

केही समय अगाडी आफ्ना प्यारा जिल्लाबासी दाजुभाइ छटपटाए भनेर आत्तिदै अघिल्लो पटक र यसपटक गरि सबै पालिकालाइ पुग्नेगरि १६ वटा अक्सिजन कन्सर्न्ट्रेटर, लाखौंको संख्यामा कोभिड रक्षाकवच मास्क , हजारौं लिटर सेनिटाइजर, फेससिल्ड, ग्लोब्स, पिपिइ, कार्टुनका-कार्टुन औषधि र बिबिध स्वास्थ्य सामाग्री बोकेर जिल्ला दौडिने नेता पौडेल सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छन् ।

सर्वसाधारणलाई स्वास्थ्यमा सचेत र सजक बनाउने अभियानमा छौँ । कोभिड– १९ बाट सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित बनाउने हाम्रो अभियान हो,’ नेता प्रदिप पौडेलले भने ।

सम्पूर्ण सर्वसाधारणलाई कोभिडसम्बन्धी चेतना वृद्धि गरी सुरक्षित बनाउने उद्देश्यका साथ कांग्रेसका युवाहरूलाई परिचालन गराउने उनले बताए । ‘जनप्रतिनिधि, कांग्रेसका सम्बद्ध संघसंस्था, युवा क्लबमार्फत सम्पूर्ण व्यक्तिसमक्ष मास्क पुर्याउनेछौँ र व्यक्तिलाई कसरी कोभिडबाट जोगाउन सकिन्छ, त्यही उपाय अपनाउनका लागि अभियान थालिएको हो,’ उनले भने ।










































