काठमाडौँ, बुधबार, २६ जेठ २०७८ | सामाजिक दुरी कायम गरी दैनिक कार्य गर्न प्रमुख सचेतक माननीय बालकृष्ण खाणले आग्रह गरेका छन् । “होम आइशोलेनमा बस्दा तनाव ब्यवस्थापन साथै कोभिडबाट कसरी बच्ने” भन्ने बारे कोभिड सम्बादमा उक्त कुरामा जोड दिनु भएको हो । गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीद्वारा संयोजनमा लुम्बिनी प्रदेश अन्तर्गतको जुम कार्यक्रम “होम आइशोलेनमा बस्दा तनाव ब्यवस्थापन साथै कोभिडबाट कसरी बच्ने” भन्ने बारे कोभिड सम्बाद गरिएको हो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता, पुर्ब मन्त्री, केन्द्रीय सदस्य, प्रमुख सचेतक माननीय बालकृष्ण खाणले को’रोना भाइरस महामारीले आम जनतालाई आक्रान्त पारिरहेको बेलामा अझ मानसिक रुपमा तनाबले जन जीवन भयावह भइरहेको बताउनु भएको छ । उहाँले तनावको ब्यबस्थापन गर्ने कुनै सीप नभएको कारणले पनि जटिलता भएको बताउनुभएको छ ।

आज एक जुम कार्यक्रम मार्फत नेता खाणले खासगरी सामाजिक एबम राजनिती अभियन्ताहरुले सामाजिक दुरी कायम गरी आफ्नो कार्यहरु गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको प्रमुख वक्ता रहनुभएको बालकृष्ण खाणले उपस्थित डाक्टरहरुलाई धन्यवाद दिनु हुदै को’रोना भाइरसको तेस्रो लहरबाट बच्चाहरुलाइ धेरै गारो पर्ने डाक्टरहरुले बताउनुभएको र उपचार विधि लाई ध्यान दिन कार्यक्रम मार्फत आम जनतालाइ आग्रह गर्नुभएको छ ।









































