गोरखा, बुधबार, २६ जेठ २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं १ घ्याम्पेसालमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै केही हदसम्म भएतापनि सहज हुने गरी करिव ९ लाख रुपैयाँको लागतमा गोरखा क्षेत्र १ प्रदेश ख का सभापति रोशन गुरुङको विशेष सहयोगमा घ्यम्पेसाल टोल बिकास संस्था र घ्यम्पेसाल काठमाडौ सम्पर्क समितिको संयुक्त पहलमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।









































